रौतहट — रौतहटमा तस्करी नियन्त्रणको दाबी भइरहेका बेला प्रहरी चौकी बंकुल र वि.ओ.पी. सरमुज्वा क्षेत्रमा भएको एक घटनाले सीमा सुरक्षाको प्रभावकारिता माथि प्रश्न उठाएको हो । स्थानीय अनुसार प्रहरी चौकीको असई र सशस्त्र प्रहरीको मिलोमतोमा एक संदिग्ध रासायनिक पदार्थ भारत बाट नेपाल भित्रिएको समयमा फोटो सुट गरिएको बेला प्रहरीको पोल खुलिएका छन ।
स्थानीय अनुसार बिहान करिब ९: ३० बजे उक्त पदार्थबारे दुवै प्रहरी लाई जानकारी दिदा बंकुल प्रहरी चौकीको असई र वि.ओ.पी. सरमुज्वाका प्रमुखलाई यस विषयमा पटक–पटक फोन गर्दा सम्पर्क हुन्न सकेन । स्थानीय अनुसार पटक पटक फोन गर्दा तत्काल आवश्यक निगरानी र कारबाही हुन नसकेको उनीहरूको भनाइ छ।
प्रत्यक्षदर्शीको अनुसार उक्त सामग्री हामी घरेलु प्रयोजनको नभई उद्योग वा कलकारखानामा प्रयोग हुने रासायनिक पदार्थजस्तो देखिएको दाबी गरिएका हुन । उनी स्थानीयको भनाइ यो विषयमा सम्बन्धित निकायले यो तस्करी भईरहेको घटनाले निष्पक्ष छानबिन गरी वास्तविकता सार्वजनिक गर्न माग गरेका छन्।
यस घटनापछि स्थानीयले सीमा क्षेत्रमा तस्करी नियन्त्रणका सरकारी दाबी व्यवहारमा प्रभावकारी नभएको भन्दै प्रश्न उठाएका छन्। साथै, सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीको भूमिका, सूचना प्राप्त भएपछि अपनाइने कार्यप्रणाली तथा सम्भावित लापरबाहीबारे निष्पक्ष छानबिन हुनुपर्ने स्थानीयको माग रहेको छ ।

