रसमी पटेल :- रौतहट
रौतहट जिल्लाको गौर नगरपालिका वडा ३ मा कुटपिट बाट नेकपा एमालेकी निर्वाचित प्रदेश समिति सदस्य घाइते भएको छ । घरमा लगाइएको भेन्टिलेशन बन्द गर्न भनेको विषयमा स्थानीय मनोज वर्माकी ४५ वर्षीय श्रीमती सुविता कुमारी श्रीवास्तव घाइते भएकी छन्।
जग्गा नछोडेर लगाएको भेन्टिलेशन बन्द गर्नुपर्ने भन्दा नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष प्रेमचन्द्र झा र उनका छोरा अवनीश कुमार मिलेर नेकपा एमालेका मधेश प्रदेश समिति सदस्यसमेत रहेकी श्रीवास्तवलाई कुटपिट गरी घाइते बनाएका छन्।
अध्यक्ष झाले आफ्नो घरमा लगाएको भेन्टिलेशन बन्द गर्नुपर्ने पंचायतमा सहमति भए बमोजिम बन्द गर्न आग्रह गर्दा बाउ छोरा मिलेर बर्माको श्रीमतीलाई
कुटपिट गरेको पडित परिवारीकका श्रीमान मनोज वर्माले जनाएका छन् ।
अवनीश झाले हाथमा लिएको भाटाले अनुहारमा प्रहार गर्दा नाक काटिएको बर्माले बताए । सहमति अनुसार भेन्टिलेशन बन्द गर्न सुनीताले आग्रह मात्र गरेकी थिइन् बर्माले भने, तर बाउ र छोरा मिलेर सांघातिक आक्रमण गरेर गम्भीर घाइते बनाएका छन् ।
कुटपिटबाट घाइते भएकी सुनितालाई उपचारको लागि प्रादेशिक अस्पताल गौर ल्याउदा नाकमा गम्भीर चोट लागेका कारण थप उपचारको लागि वीरगञ्ज रेफर गरिएको छ। नाक काटिएर बढी रगत बगेको वर्माले जनाएका छन् ।
सामाजिक स्तरमा स्थानीय बासिन्दाहरुबीच भएको छलफलको निर्णय स्वीकार गरे पनि अध्यक्ष झाले कार्यान्यन गर्न चाहेका छैनन् । उनले जग्गा नछाडी भेन्टिलेशन खोलेकाले बन्द गर्न सामाजिक छलफलको निर्णयलाई मान्न अस्वीकार गरेकाले उनीहरु पनि विरोधमा गएका छन् ।
एमालेकी मधेश प्रदेश अधिवेशन सकेर शनिबार मात्र घर फरेको सुनितामाथि आइतबार सांघातिक आक्रमण भएको छ । महिला नेतृमाथि सांघातिक आक्रमण भएपछि तत्काल प्रहरीमा खबर गरिए पनि मुख्य अभियुक्तलाई पक्राउ गरिएको छैन् ।
घटना सम्बन्धमा पीडक भनिएका झासित सम्पर्क गर्ने प्रयास सफल हुन सकेन् । झाको मोबाइलमा फोन सम्पर्क नभएपछि घटनाको यथार्थ कारण खुल्न सकेको छैन् ।
कुटपिटमा संलग्न रहेको आरोपमा अवनीश झालाई प्रहरीले पक्राउ गरेको छ भने पत्रकार प्रेमचन्द्र झाको खोज तलास भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएका हुन ।

