मो.मोजिबुल्लाह ८०/६/२८
रौतहट प्रहरीले संकलन गरेको अबैध घरेलु मदिरा र भारत बाट अबैध कुखुरा नष्ट गर्दै ।
रौतहट – प्रहरीले अवैध रुपमा उत्पादन भइरहेको ठुलो परिमाणको घरेलु मदिरा नष्ट गरेको छ । रोमबार जिल्लाका विभिन्न ठाउँबाट प्रहरीले नियन्त्रणमा लिएको झण्डै २०० लिटर मदिरा र भारत बाट अबैध रूपमा लाएको कुखुरा नष्ट गरेको हो । जिल्ला प्रहरी कार्यालयमा संकलन गरिएको मदिरा सोमबार नष्ट गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिए । ‘अवैध रुपमा उत्पादन गरेको घरेलु मदिरा बरामद गरेका नष्ट गरेका छाैं,’ उनले भने ।
उनकाअनुसार परोहा नगरपालिकाको नरकटिया क्षेत्र बाट कुखरा ,र गौर नगरपालिका बाट प्रहरीले घरेलु मदिरा नियन्त्रणमा लिएको थियो । चाडपर्वको समयमा पर्वतमा सबैभन्दा बढी घरेलु मदिरा खपत हुने गरेको छ ।
प्रहरीले विगतका वर्षमा चाडपर्वको समयमा ठुलो परिमाणमा घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गर्दै आएको छ । यसैगरी प्रहरीले अबैध रुपमा मदिरा उत्पादन गर्दै आएको धेरैले अबैध मदिरा भट्टी लुकाई छिपाई चलाई रहेको अवस्थामा धेरै जसो ड्रम कच्चा पदार्थ पनि नियन्त्रणमा लिएर नष्ट गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिए ।

