सशस्त्र प्रहरी बल ,नेपाल सुरक्षा बेश फतुवा द्रारा विद्यार्थीलाई जनचेतनामूलक कार्यक्रम सम्पन्न

पछिल्लाे समाचार

रौतहट पौष २० ।। रौतहट सशस्त्र प्रहरी बल , नेपाल सुरक्षा बेश फतुवाको आयोजनामा २५ औ वाषिर्कोत्सव अवसरमा राजपुर नगरपालिका वाड नम्बर ३ बलुवामा रहेको श्री किसान माध्यमिक विधालयमा लागु औषधी तथा सिमा सुरक्षाको सम्बन्धमा कक्षा ९ र १० का विद्यार्थी लाई जनचेतनामूलक कार्यक्रम सशस्त्र प्रहरी बल , फतुवाको ईन्सपेकटर सुवास पहाडी द्रारा सम्पन्न गरिएको हो ।

लागुऔषधको प्रयोग र ओसारपसारको नियन्त्रण तथा सीमा सुरक्षाका विषयमा केन्द्रीत भई सशस्त्र प्रहरी बल, नेपालले २५ औं स्थापना दिवस मनाइरहेको छ । ‘लागूऔषध, सीमा सुरक्षा र युवा’मा आधारीत भएर सप्ताहव्यापी रुपमा देशभर तीन सय ६१ वटा कार्यक्रम सञ्चालन गरिएको सशस्त्र प्रहरी बल फतुवाले जनाएको छ ।

‘नशारहित युवा– हाम्रो देशका कर्णधार, सीमानाको रक्षा–राष्ट्र निर्माणको आधार’ भन्ने आधारवाक्यमा केन्द्रीत भई कार्यक्रमहरु गरिएको सशस्त्र प्रहरी बेशका ईन्सपेकटर सुवास पहाडीले जनाएको छ ।
यस कार्यक्रम अन्तर्गत सशस्त्र प्रहरी बल नेपालका इकाईहरुबाट स्थानीय विद्यालयमा विद्यार्थीहरुलाई लागूऔषध सम्बन्धी धेरै जस्तो स्थानमा जनचेतनामूलक प्रशिक्षण गराएको छ । धेरै संख्यामा सहभागी भए । उपयुक्त स्थानको पहिचान गरी लागूऔषध दुव्र्यसनी सम्बन्धी धेरै स्थानमा सचेतनामूलक सडक नाटक प्रदर्शन गर्नुका साथै विद्यालय तथा स्थानीय क्लबहरुमा गई ‘लागूऔषध, सीमा÷सुरक्षा र युवा’ मा केन्द्रीत भई केही स्थानमा निबन्ध लेखन तथा वक्तित्वकला प्रतियोगिता संचालन गरी उत्कृष्ट हुनेलाई पुरस्कृत गरिएको सशस्त्र प्रहरी बल फतुवाले जनाएको छ ।
यसैगरी सीमा इलाकाका भारतीय समकक्षीसँग लागूऔषध नियन्त्रण सम्बन्धमा धेरै समन्वयात्मक बैठक भएका छन्। लागुऔषध नियन्त्रण र सीमा सुरक्षाकै विषयमा बाहिनी तथा जिल्लास्थित कार्यालयका प्रमुखहरुको उपस्थितिमा स्थानीयस्तरको रेडियो तथा एफ.एम.मा जनचेतनामूलक संवाद कार्यक्रम पनि संचालन भएको छ ।

सशस्त्र प्रहरी बल नेपालका इकाईहरुले जिम्मेवारी क्षेत्रमा भएका लागूऔषध प्रयोग, दव्र्यसनी तथा नियन्त्रण सम्बन्धमा भएका क्रियाकलापहरुको अभिलेख राख्न थालेका छन् । यस्तै स्थापना दिवसको अवसरमा ‘शिघ्र प्रभाव आयोजना’ अन्तर्गत निर्माण, समुदाय विकास तथा क्षमता अभिबृद्धि, स्वास्थ्य, कल्याणकारी, पर्यावरण संरक्षण तथा हरियाली अभियान तथा महिला सशक्तिकरण गरी सशस्त्र प्रहरी बल नेपालले देशभर मा कार्यक्रम सञ्चालन गरेको छ।
समुदाय विकास तथा क्षमता अभिबृद्धि कार्यक्रम अन्तर्गत जनचेतनामूलक कार्यक्रम गरिएको हो ।
गरिएको कार्यक्रम हरूको विषयमा ईन्सपेकटर पहाडीले बताए । ‘यस्ता कार्यक्रमले संगठनको कामकारवाहीको बारेमा प्रत्यक्ष रुपमा जनस्तरसम्म सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ,’ ईन्सपेकटर पहाडीले भनेका छन ।

spot_img

लोकप्रिय