जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले जिल्लाभरी विशेष सवारी चेकजाँच गर्ने क्रममा १६ शंकास्पद सवारी नियन्त्रणमा

पछिल्लाे समाचार

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटका संयुक्त टोलीले जिल्लाभर नियमित तथा विशेष सवारी चेकजाँच गर्ने क्रममा १६ शंकास्पद सवारी साधन नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार, आईतवार जिल्लाका विभिन्न स्थानमा संचालन गरिएको चेकजाँचमा ४ वटा जिप बोलेरो र १२ वटा विभिन्न कम्पनीका मोटरसाइकल शंकास्पद देखिएपछि नियन्त्रणमा लिइएको हो। ती सवारी साधनहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको र कानुनी प्रक्रिया अगाडि बढाइएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रुद्र राज कंडेलका अनुसार, “सुरक्षा अवस्था मजबुत बनाउन मुख्य राजमार्ग, सहायक सडक र आवतजावत बढी हुने क्षेत्रमा सवारी चेकजाँच निरन्तरता दिइएको छ। यस अभियान मार्फत शान्ति सुरक्षा कायम राख्दै आपराधिक गतिविधि नियन्त्रण गर्न प्रभावकारी कदम चाल्ने छौँ।”

प्रहरीले थप अनुसन्धान कार्य जारी रहेको जानकारी दिएको छ।

spot_img

लोकप्रिय