बारा जिल्लाको जितपुर बाट उत्पादीत स्टार अकवा मिनरल पानी मा भेटियो किरा तथा फोहर

पछिल्लाे समाचार

मो.मोजिबुल्लाह ।। रौतहट बारा जिल्ला बाट उत्पादन स्टार अकवा प्याक गरिएको खानेपानीको मिनरल वाटर बोतलको गुणस्तरमाथि धेरै प्रश्न उठ्ने गरेको छ । सिल प्याक गरिएको बोतलमा लेऊ, किरा लगायतका अखाद्य चीजहरु बेलाबेलामा भेटिने गर्दछ । बारा जितपुरको स्टार अकवा नामक खानेपानीको बोतलमा उपभोक्ताले किरा भेटेका छन् ।

स्वच्छ खानेपानीका लागि आजभोलि मिनरल वाटर बोतल किनेर खाने प्रचलन बढ्दो छ । तर स्वच्छ पानीका लागि भनेर बढी पैसा तिरेर खाने भएपनि बेलाबेलामा यस्तो पानीमा पनि लेऊ, किराहरु भेटिएका घटनाहरु पनि धेरै चोटि सञ्चार माध्यममा आएका छन् । पछिल्लो समयमा रौतहटमा पनि स्टार अकवा नामको सिल प्याक मिनरल वाटरमा किरा भेटिएको छ ।

जितपुर बारा जिल्ला बाट उत्पादित मिनिरल वाटरको शिलवन्दी बोतल भित्रको पिउने पानीमा किरा भेटिएको हो । रौतहटको सदरमुकाम गौरको एक पसलमा किनिएको मिनिरल वाटर बोतलभित्र कालो रंग तथा फोहर जस्तो किरा भेटिएको उपभोक्ताको भनाई छ ।

यसरी आम उपभोक्ताको स्वास्थ्यसंग प्रत्यक्ष जोडिएको खानेपानीमा खुल्ला रुप मै लापरबाही भईरहेको छ । केही पैसाको लोभमा व्यवसायीहरुले गुणस्तरहीन पानीको उत्पादन तथा विक्री वितरण गरिरहेका छन् । जनताको स्वास्थ्यसगं खेलवाड गर्नेलाई कारवाही गर्नु पर्ने माग अर्का उपभोक्ता हरूको भनाइ रहेका छन ।

किरा भेटिएको पानीको बोतलमा सन् २०२३/२६ अगष्टसम्ममा पानी प्रयोग गर्न सकिने उत्पादन मिति छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको मापदण्ड अनुशार पानीको न्यूनतम पीएच ६ देखि ७.५ प्रतिशत हुनुपर्दछ ।

राष्ट्रिय उपभोक्ता मञ्च बारा र सम्वाद समूहको सचिवालयको सहकार्यमा यस अघि खाद्य प्रविधि तथा गुणस्तर विभागले बारा जिल्ला बाट उत्पादित पानीको पीएच परीक्षण गर्दा समेत स्टार अकवा नामक पानीको पीएच ६ प्रतिशत थियो ।

spot_img

लोकप्रिय