धोती दिवस मनाउने कर्ममा माइतीघर बाट CK राउत सहित सयौं पक्राउ

पछिल्लाे समाचार

काठमाडौं । धोती दिवस मनाउन माइतीघरमा भेला भएका सयौं मधेशीलाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान सेतो धोती लगाएर माइतीघरमा भेला भएका सयौं मधेशीलाई प्रहरीले पक्राउ गरेको हो ।पक्राउ पर्नेमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, उपाध्यक्ष अब्दुल खान, दिपक साह, प्रवक्ता डा. शरद सिंह यादव, राष्ट्रिय सचिव बीपी साहलगायत छन् । उनीहरुलाई अहिले प्रहरी कार्यालयमा राखिएको छ ।धोती दिवस लेखिएको ब्यानरसहित माइतीघरमा भेला भएका उनीहरूमाथि प्रहरीले दमनसमेत गरेको छ । राज्यको यो कदमको मधेशमा चौतर्फी विरोध र आलोचना सुरु भएको छ ।

spot_img

लोकप्रिय