जनताहरुको निराशालाई आशामा परिणत गराउने अभियानमा नेपाली काँग्रेस समुदायमा आएको” महामन्त्री थापाको उदघोष

पछिल्लाे समाचार

रौतहट, १९ माघ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पार्टीहरु प्रति बढ्दै गएको निराशालाई चिर्न ग्रास रुटमा बसोबास गर्ने आम नागरिकहरुको समस्याहरुलाई बुझेर समाधानको प्रयासमा नेपाल काँग्रेस समुदायमा जाने अभियान संचालन गरेको बताए ।
आम नागरिक निराश छ, दुखी छ, पार्टी प्रति वितृष्णा बढ्दैछ यावत कुराहरु आउदा बास्तवमा समस्याहरु के के छन् भन्दै नेपाली काँग्रेस समुदायमा जान मेची देखि महाकाली सम्मको यात्रा प्रारम्भ गरेर जनताहरुको कुराहरु बुझ्ने प्रयास गर्नुका साथै सम्बोधन गर्ने अभियानमा आफू सहितका शिर्ष नेताहरु जनताहरु संग संवाद गरेर हिडेको स्पष्ट पार्नु भयो । समुदायमा जाऔं, नागरिकका कुरा सुनौं भन्ने अभियान अन्तर्गत शुक्रवार रौतहटको दुर्गा भगवती गाउँपालिका १ गंगापिपरामा आयोजित नागरिक सम्बाद कार्यक्रमलाई महामन्त्री सम्बोधन गरे ।

नागरिकहरुद्धारा उठाइएको कुराहरुको जवाफ दिदै महामन्त्री थापाले मधेशको प्रमुख समस्या भनेको कृषि, स्वास्थ्य, शिक्षा र पूर्वाधारको समुचित रुपमा सम्बोधन र व्यवस्थापन नभएको हुँदा जनताहरुमा निराशा छाएको हुँदा उक्त निराशालाई चिर्ने प्रयास काँग्रेसले गर्ने उनले प्रष्ट पारे । कुनैपनि पूर्वाधार समयमा पुरा नहुनु निकै विडम्बनापूर्ण रहेको बताउदै नेपाली निर्माण व्यवसायीहरु कतारमा काम गर्दा ६ महिना बर्ष दिन नवित्दै पुरा गर्छन तर त्यही निर्माण व्यवसायीहरु नेपालमा किन गर्न सक्दैनन् यसको तह सम्म पुग्न नितान्त जरुरी रहेको बताए ।
पूर्वाधारको कार्यमा कानुन अप्ठ्यारो छ भने हामी साँसदहरु कानुनलाई परिवर्तन गरेर पूर्वाधारको कार्यलाई खुकुलो किन बनाउदैनौं त्यस तर्फ काँग्रेसले समुदायमा उठेका कुराहरुलाई लिपिबद्ध गरेर सकारात्क कार्यहरुलाई अगाडी बढाउने बताए ।
मधेशका किसानहरुलाई सिंचाईको सुविधा नरहेको हुँदा सुनकोशी मरिन डाइभर्सनलाई पुरा गराएर वागमती, कमला लगायतका नदिहरुमा पानीको बहाव तिव्र बनाएर त्यसबाट निस्कीएको नहरहरुलाई सुचारु गराई सिंचाईको पूर्ण सुविधा सम्पन्न बनाउने तर्फ नेपाली काँग्रेसले जोड दिएको बताए । शिक्षाको स्तर सुधारी कुशल व्यवसायी, दक्ष प्राविधिक, दक्ष जनशक्तिहरुको उत्पादन भएमा मात्रै विकसित मुलुक बन्ने ठोकुवा गरे ।
संघिय सरकार, प्रदेश सरकारमा नेपाली काँग्रेस सहभागी रहेको हुँदा हाम्रो एक मात्र मिशन हो २०८० सालमा जनताको निराशालाई आशामा परिणत गराउदै मिशन ८४ लाई नेपाली काँग्रेसमय बनाउने अभियानमा नेपाली काँग्रेज जनजनको आवाजलाई सहित ढंगबाट सम्बोधन गरेर अघि बढ्मा मात्रै पुरा हुने बताए ।
नागरिकहरुले उठाएको आवाजलाई सम्बोधन गर्दै महामन्त्री थापाले चुनावको समयमा गरिने गठबन्धनको कारण पनि जनताहरुको आशा र भरोसा माथि तुषारापात भएको छ । गठनबन्धका नेताहरु निर्वाचन पछि क्षेत्रमा फर्केर नआउने प्रवृतिका कारण बढि जनताहरु दुखी भएको हुँदा काँग्रेस बलियो भएमा मात्रै लोकतन्त्र सुरक्षित रहेने मान्यतालाई शतप्रतिशत पुरा गराउन संगठनलाई बलियो बनाउदै जनताहरुको धारणा माथि खरो उत्रिन सबैखाले मतभेदलाई हटाउनुपर्ने जिकिर गरे ।
आफूले झापा देखि सुरु गरेको सम्बाद यात्रालाई कञ्चनपुर सम्म जारी राख्दै जनताहरु एवं अन्तरपार्टीबाट उठेका प्रमुख एवं साझा सवालहरुलाई सम्बोधन गराउन आफू लागि पर्ने महामन्त्री थापाले बताउदै जनताहरुको काँग्रेस प्रतिको आशालाई यस अभियानबाट पुनः जागृत हुँदै गएकोमा खुशी व्यक्त गरे ।
रौतहटको राजपुर नगरपालिकाको डमार चौकमा आयोजित नागरिक सम्बाद कार्यक्रममा क्षेत्र नम्बर २ सांसद प्रत्यासी डा.मो.फिरदोस आलम , राजपुर नगरपालिका मेयर राजिक आलम ,केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी, नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरु, नेका मधेश प्रदेश सभापति एवं भौतिक पूर्वाधार विकास मन्त्री कृष्णप्रसाद यादव, प्रदेशका उपसभापतिद्धय विरेन्द्र प्रसाद सिंह र चन्द्रशेखर यादव, प्रदेश साँसद नागेन्द्र साह, जिल्ला सभापति एवं प्रदेश साँसद सुनिल यादव, प्रदेश साँसद इन्दुकुमारी साह, प्रदेश सदस्य अरुण साह, प्रदेश सदस्य सुर्य थापा, जिल्ला सचिव रामचन्द्र गिरी, श्यामचन्द्र झा, युवा नेता मिथिलेश मिश्रा, प्रकाश सिंह, चिरञ्जीवि सिंह लगायतका सयौं नेता एवं कार्यकर्ताहरुको उपस्थिति रहेका थिए ।
यस्तै महामन्त्री गगन थापाले राजपुर नगरपालिकाको दमार चोक, परोहाको लौकाहा र बौधी माईको सरमुजवा सहितका स्थानहरुमा नागरिक सम्बाद गरेर बारा जिल्ला प्रस्थान गरने कार्यक्रमहरु रहेको नेपाली काँग्रेसका प्रचार प्रसारका प्रदेस संयोजक नितेस गुप्ताले बताए ।

spot_img

लोकप्रिय