जिल्ला प्रहरी गौरबाट खटिएको प्रहरीले सीमा क्षेत्रमा घेराबन्दी गरी पक्राउ

पछिल्लाे समाचार

रौतहट, २ चैत । रौतहटको परोहा नगरपालिकाको खाप चौकमा शिवम मनी ट्रान्सफरमा शुक्रवार दिउसो संचालकलाई गोली हानेर लुटपाट गरेका छन् ।

परोहा नगरपालिका वडा नम्वर ९ खाप चौकमा रहेका शिवम मनी ट्रान्सफरमा आज दिउसो १ बजेको समया तिन जनाको संख्यामा आएको अपराधीक समूहले गोली प्रहार गर्दा २६ बर्षिय संचालक नितेश साहको कञ्चटमा गोली लाग्दा गम्ँभीर घाइते भएका हुन् ।

अपराधीक समुहले गोली प्रहार गरी मनी ट्रान्सफरबाट रकम लुटी फरार भएको थियो । गम्भीर घाईते संचालक साहलाई सामान्य उपचार पछि अहिले उनको विरगञ्ज स्थित न्यूरो होस्पिटलमा उपचार भईरहेको पनि अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

घटना पश्चात मातहतका सम्पूर्ण सीमाक्षेत्रका युनिटको साथै जिल्ला प्रहरी कार्यालय गौरबाट खटिएको प्रहरी टोलीले सीमा क्षेत्रमा घेराबन्दी गर्दा दशगज्जा क्षेत्र पार गर्न लागि रहेको अवस्थामा प्रहरीले तिन जनालाई नियन्त्रणमा लिएका छन् ।

पक्राउ परेका तिनै जनाले आज मनी ट्रान्सफरमा अपराधलाई अंजाम दिएको प्रत्यक्षदर्शीहरुले पहिचान गर्दा तिनै जना कलिलो उमेरकै भारतीय नागरिक रहेको जिल्ला प्रहरी कार्यालय रौतहटबाट बुझिएको छ ।

पक्राउ पर्नेमा भारत बिहार राज्यको पूवी चम्पारण जिल्ला चिरैया थाना १९ वर्षीय मुनिफकुमार  यादव, सोही जिल्ला कसवाकदमवा टोलका १६ वर्षीय राजकुमार पासवान र १७ वर्षीय चन्द्रभान सिंहलाई स्थानीयको सहयोगमा प्रहरीले समात्न सफल भएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी महेन्द्रकुमार श्रेठले बताए ।

मनी ट्रान्सफर सञ्चालक साह माथि गरिएको गोली प्रहार घटनामा प्रयोग भएका हतियार समेत प्रहरीले गरेको छ । गोली लोड गरिएको अवस्थामा सेभन एमएमको पेस्तोल बरामद गरिएको उनले भने ।

नेपाल–भारत सीमा क्षेत्रसँगै जोडिएको बाँसको झ्याङबाट प्रहरीले पाँच राउन्ड गोली लोड भएको अवस्थामा रहेको पेस्तोल बरामद गर्नुका साथै घटनापछि स्थानीयले लखेट्न थालेपछि अपराधी भारततिर भाग्ने क्रममा बाँसको झ्याङमा हतियार फालेर गएको उनले भने ।

घटनास्थल वरपर सर्च अभियान चलाएको छ । बरामद गरिएको पेस्तोलमा मेड इन इटाली लेखिएको छ । कलिलो उमेरमै अपराधीक कार्यमा संलग्न भई घटना घटाउदा सीमा क्षेत्रमा अहिले त्रास उत्पन्न भएका छन् ।

पक्राउ परेका दुबै जनालाई प्रहरी हिरासतमा राखेर सुक्ष्म अनुसन्धान जारी रहेको बताउदै रौतहट प्रहरीका एसपी सम्पूर्ण विवरण खुलाएर शनिवार दिउसो सम्म पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने जानकारी दिए ।

spot_img

लोकप्रिय