गौर नगरपालिका मेयर प्रत्यासी मोहन यादवद्वारा कृष्णा ईन्न होटलमा होली मिलन कार्यक्रम सम्पन्न

पछिल्लाे समाचार

रौतहटको गौर नगरपालिका नेपाली कांग्रेसका मेयर प्रत्यासी मेयर मोहन यादवद्वारा कृषणा ईन्न होटलको सभाहलमा होली मिलन कार्यक्रम सम्पन्न भएको छ । अधिकांश जनप्रतिनिधिहरु कर्मचारी, उद्योगी, व्यापारी, राजनैतिककर्मी लगाएतसंग होली पर्व मनाउने गरेकोमा रौतहटको गौर नगरपालिकाका जनप्रतिनिधिहरु पत्रकाहरुसंग होली पर्व मनाएका छन् ।

गौर नगरपालिकाका मेयर प्रत्यासी मेयर मोहन यादवले सोमवार कार्यक्रमको आयोजना गरी पत्रकारहरुसंग रंग अबिर दलेर शान्तिपूर्ण तरिकाले निकै उत्साहका साथ होली मनाएका हुन ।

मेयर प्रत्यासी यदवले गौर को कृषणा ईन्न होटलमा होली मिलन कार्यक्रमको आयोजना गरी विभिन्न सञ्चार क्षेत्रका पत्रकारहरुसंग होलीको शुभकामना आदान प्रदान गर्दै होली पर्व मनाएका हुन ।
तराई पहाड हिमालमा मनाइने रंगको पर्व होलीमा सकारात्मक सन्देश जाने उदेश्यले पत्रकार, प्रहरी र जनप्रतिनिधि सम्मिलित टोलीले सामान्य रंग, अबिर एकापसमा दलेर होली मिलन कार्यक्रम मनाएको हो ।

सो अवसरमा मेयर प्रत्यासी यादवले शान्त र मर्यादित भएर होली पर्व मनाउन आग्रह गर्दै जबरजस्ती कसैलाई लोला हाल्ने वा रंग अबिर दल्ने काम नगर्न आग्रह गरेका थिए ।

नगर प्रमुख प्रत्यासी यादपले होली खेल्दा सामाजिक सद्धभाव कायम राख्न सबैलाई अनुरोध गरेका थिए । गौर नगरपालिका नगर प्रमुख प्रत्यासी यादवले टिका र गम्छा ओढाएर दर्जनौ सञ्चारकर्मीहरुलाई सम्मान समेत गरेका हुन।

spot_img

लोकप्रिय