माघ १९ गते रौतहट — सशस्त्र प्रहरी रौतहटले १६ लाख ४९ उन्नपचास हजार दुई सय रुपैयाँसहित दुई जना हुन्डी कारोबारीलाई पक्राउ गरेको छ । ईशनाथ नगरपालिका वाड नम्बर ४ लतमरीको सिमामा चेकजाँच गर्ने कर्ममा सशस्त्र प्रहरीले भारतको कुण्डवा चैनपुर बाट नेपाल तरफ आउने क्रममा प्रदेश ३३ प ९३०८ FZ नम्बरको मोटरसाइकल जाँच गर्दा मोटरसाइकल चालकले प्रयोग गरेको मोटरसाइकल बाट १६ लाख ४९ उन्नपचास हजार दुई सय रुपैयाँ बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक बिक्रम हुमागाईले बताएको हो ।
पक्राउ पर्नेमा राजपुर नगरपालिका वाड नम्बर ४ राजपुरको शिव कुमार साह, र सोही वाडको मो.प्रवेज आलम रहेका छन् ।
सशस्त्र प्रहरीकाअनुसार शिव कुमार साहको साथबाट मोबाइल समेत फेला पारेको छ । आवश्यक कारबाहीका लागि साह , आलमलाई गौर भन्सार कार्यालय पठाइएको छ ।