राजपुर नगरपालिकामा ९ औं नगर साभा सम्पन्न

पछिल्लाे समाचार

रौतहट अषाढ १ गते ।। रौतहटको राजपुर नगरपालिकाको ९ औं नगर सभा सम्पन्न भएको छ । राजपुर नगरपालिकाको नगर प्रमुख मो.राजिक आलमले अगामी आर्थिक बर्ष २०८२–०८३ को लागि ५७ करोडको बजेट ल्याएको घोषणा गरेका छन् ।
राजपुर नगरपालिकाको सभाकक्षमा आईतबार सम्पन्न भएको ९ औं नगर सभाको अगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम सहित बजेट टोलटोल विकास कार्यमा जोड दिने मेयर राजिकले घोषणा गरेका हुन् । राजपुर नगरपालिका कार्यालय बाट वाड न,१ देखि ९ सम्मको हरेक टोलटोलमा विकासको अनुभुती दिने व्यक्त गरेको छ ।
मेयर राजिकले आर्थिक वर्ष २०८२–०८३ का लागि कुल ५७ करोड बजेट घोषणा गरेका हुन । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न अनुमानित आय व्यय सहितको सो बजेट प्रस्तुत गरिएको नगर प्रमुख मो.राजिक आलमले बताए ।
नरग प्रमुखको आयोजनामा नगर सभा सम्पन्न नगरसभामा उपमेयर , प्रमुख प्रशासकिय अधिकृत बैजु ठाकुर , लेखा पाल मनोज कर्न , प्रशासन शाखा प्रमुख, सम्पुर्ण वडा अध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी, स्थानीय बासिन्दाहरु, सन्चार्कर्मी लगायतको सहभागितामा नगरसभा सम्पन्न भएका छन् ।

spot_img

लोकप्रिय