यमुनामाई गापामा कमिसनको साम्राज्य :-भैंसी, दाउरा र हिल्लोले सडक अबरुद्ध, जनप्रतिनिधिको चरम लापरबाही

पछिल्लाे समाचार

रौतहट, यमुनमाई गाउँपालिका वडा नं २ भेडीयाहीका बासिन्दा वर्षौंदेखि आधारभूत पूर्वाधार र सार्वजनिक सुरक्षासम्बन्धी समस्यामा पीडित छन्। बाटो, नाला, ढल निकासदेखि स्वास्थ्य चौकीसम्मको अवस्था हेर्दा विकासको नाममा सून्य उपलब्धि देखिन्छ।

वर्षा याम सुरु भएलगत्तै नाला निकासको अभावमा सडकमा पानी जम्ने समस्या हरेक वर्ष दोहोरिन्छ। यसमा थप, गाउँभित्रका मुख्य सडकमा भैंसी, बाख्रा बाँध्ने, दाउरा थुपार्ने र हिलो जम्ने कामले पैदलयात्रीदेखि सवारीसाधनसम्मको आवतजावतमा ठूलो अवरोध सिर्जना गरेको छ।

समस्या यत्तिमै सीमित छैन। ट्रान्सफर्मरको पोल सडकको बीचभागमै राखिएको हुँदा दुर्घटनाको जोखिम अत्यधिक बढेको छ। स्वास्थ्य चौकीको अगाडि समेत पूर्ण अव्यवस्था देखिन्छ, जसले स्थानीय सेवाग्राहीलाई थप असुविधा पुर्‍याइरहेको छ।

यस सबै अवस्थाप्रति वडाअध्यक्षसहितका जनप्रतिनिधिको ध्यान नपुगेको स्थानीयवासीको गुनासो छ। उनीहरूका अनुसार, पटक–पटक गुनासो राख्दा पनि कुनै ठोस कदम नचालिनु जनप्रतिनिधिको चरम लापरबाहीको प्रमाण हो।

स्थानीय विकास र सरसफाइमा बेवास्ता गरिँदा यमुनमाई वडा नं २ का बासिन्दा बाध्यतावश यसै समस्यापूर्ण वातावरणमा बस्न विवश छन्। अब भने उनीहरूले सम्बन्धित निकाय र जनप्रतिनिधि दुवैलाई तत्काल कारबाही र सुधारका लागि दबाब दिने चेतावनी दिएका छन्।

spot_img

लोकप्रिय