रौतहट मंसिर १८ । नेपाल प्रहरीका प्रहरी उपरीक्षक रविन कार्की अनुसार कर्तव्य निर्वाहमा कुनै हालतमा विचलित नहुने दृढ अडान व्यक्त गरेका छन्। उनले भने सोसल मिडियामा लोकप्रियता कमाउने, चाकडी गर्ने वा वाहवाही र दबाबमा परेर काम गर्ने प्रवृत्तिबाट आफू पूर्ण रूपमा टाढा रहेको स्पष्ट पारेका छन् ।
प्रहरी उपरीक्षक कार्कीका अनुसार हाल समाजिक संजालमा ‘पत्रकार’ नाममा गतिविधि गर्ने केही व्यक्तिहरूले अनैतिक व्यवहार, दुरुपयोग, धम्की तथा असुलीका घटनाहरू बढाएको प्रहरी अनुसन्धानले देखाएको छ।
वहाँको अनुसार फेसबुकमा पुराना भिडियो प्रयोग गरेर, AI तथा एडिटमार्फत भ्रामक सामग्री बनाएर,
व्यापारी तथा सर्वसाधारणलाई तर्साउने, आफूसँग कुनै दर्ता, परिचय वा संगठनात्मक मान्यता नहुँदा पनि ‘पत्रकार’ दाबी गर्ने प्रवृत्ति तीव्र बन्दै गएको बताएका छन ।
त्यस्ता व्यक्तिहरूले आफ्ना स्वार्थ पुरा नभए प्रहरी अधिकारीहरूलाई लक्षित गर्दै बिना प्रमाणको बदनाम गर्न खोज्ने, आरोप–प्रत्यारोप गर्ने तथा भ्रम फैलाउने गतिविधि देखिएको उपरीक्षक कार्कीले बताएका छन्।
“इमानदार र निष्पक्ष रूपमा काम गर्नु नै मेरो मूल धर्म हो। कसैको आधारहीन फेसबुक पोस्ट वा बदनाम गर्ने कोसिसले मेरो काममा प्रभाव पार्दैन,कर्कीले बताएका छन्।
कर्कीको अनुसार रौतहटका यथार्थवादी, इमानदार र पेशागत आचारसंहितामा काम गर्ने पत्रकारहरूलाई सम्मान गर्दै, प्रहरी प्रशासन सधैं सहकार्यका लागि तयार रहेको पनि स्पष्ट पारेका छन ।
प्रहरी उपरीक्षक कार्कीका अनुसार रौतहटमा शान्ति–सुरक्षा, तस्करी नियन्त्रण, अवैध कारोबार रोकथाम र लागूऔषध न्यूनीकरणका लागि प्रहरीले उच्च सतर्कता र पूर्ण क्षमतासहित काम गरिरहेको छ। वृनदावन नगरपालिकाको भुसहा गाउँमा भएको हत्या काण्डको २४ घण्टा न वित्दा अपराधीलाई पक्राउ गरिएको छु ।

