फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आलमलाई एकल सिफारिस

पछिल्लाे समाचार

२५ मंसिर रौतहट ।। नेपाली कांग्रेस रौतहट क्षेत्र नम्बर २ ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि डा. फिरदोश आलम लाई एकल सर्वसहमति सिफारिस गरेको छ । बिहीबार सम्पन्न क्षेत्रीय कार्यकर्ता भेलाले उनको नामलाई कुनै प्रतिद्वन्द्वीबिना सर्वसम्मत रूपमा सिफारिस गर्ने निर्णय गरेको हो ।
कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, वडा स्तरका पदाधिकारी तथा ठूलो संख्यामा क्षेत्रीय कार्यकर्ताहरू सहभागी थिए । सहभागीहरूले डा. आलमको संगठनप्रतिको निरन्तर सक्रियता, क्षेत्रको विकासमा देखिएको नेतृत्व क्षमता, तथा जनसमस्याका क्षेत्रमा गरिएको पहललाई प्रमुख कारण बताउँदै उनलाई सर्वसम्मत समर्थन व्यक्त गरेका छन् । डा. आलम लामो समयदेखि कांग्रेस संगठनमा सक्रिय, जिम्मेवारीपूर्ण र अनवरत रूपमा संलग्न रहँदै आएका नेता हुन् । विकासका मुद्दामा पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि तथा रोजगारका मुद्दामा उनले उठाउँदै आएका पहल र योजनालाई कार्यकर्ताले सकारात्मक रूपमा हेरेका छन् ।
जनसमस्याप्रतिको चासो, बाढी, स्वास्थ्य सेवा अभाव, गरिबी, बेरोजगारीजस्ता समस्यामा उहाँले देखाएको चासो, निरन्तर जनसंपर्क र समाधानका प्रयासले डा. आलमले स्थानीय बासिन्दाको विश्वास जितेका छन् । भेलापछि डा. आलमले कार्यकर्ताहरूले दिएको विश्वासलाई जिम्मेवारीका साथ निभाउने र क्षेत्रलाई विकासको मार्गमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
क्षेत्रीय समितिबाट सिफारिस भए पनि अन्तिम टुङ्गो पार्टी केन्द्रीय समितिले लगाउने छ । तथापि, आफ्नो क्षेत्रमा लोकप्रिय बनेका नेता डा.आलम क्षेत्रीय तहबाट आएको एकल सिफारिसले उनको उम्मेदवारी लगभग पक्का जस्तै मानिएको छ । सिफारिसपछि कांग्रेस भित्र क्षेत्र नम्बर २ मा उत्साहपूर्ण वातावरण बनेको छ । कार्यकर्ता तथा समर्थकहरूले यसलाई आगामी चुनावको तयारीमा एक सकारात्मक सन्देशका रूपमा लिएको हो डा.फिरदोश आलमले बताउछन् ।

spot_img

लोकप्रिय