रौतहटको भन्सारबाट नगद रकम सहित भारतीय एक महिला नियन्त्रणमा

पछिल्लाे समाचार

रौतहट । भारतबाट नेपालतर्फ प्रवेश गर्दै गरेकी एक भारतीय महिलालाई भन्सार सुरक्षा गार्ड रौतहटले स्राेत न खुलेकाे नगदसहित नियन्त्रणमा लिएको छ ।

आईतवार दिउँसो राैतहट गौर नगरपालिका वडा नं.१ स्थित गाैर भन्सार अगाडि खटिएको प्रहरी चेकिङ टोलीले भारतको बैरगनियाबाट पैदल नेपाल आउँदै गरेकी भारत सितामढी जिल्ला बैरगनिया थाना निवासी अन्दाजी ४५ वर्षकी रामकली देवीलाई शंका लागि चेकजाँच गर्दा भारतीय महिलाको साथबाट स्राेत न खुलेकाे नेपाली रूपैयाँ फेला परेकाे जिल्ला प्रहरी कार्यालय राैतहटका प्रहरी निरीक्षक रुद्रराज कंडेलले जानकारी दिनु भएको छ ।

भन्सार सुरक्षा गार्ड रौतहटका प्रहरी हबल्दार बुधराम महतोको नेतृत्वमा खटिएको टोलीले चेकजाँच गर्दा महिलाको साथबाट नेपाली रुपैयाँ २ लाख ५० हजार २ सय तथा भारतीय रुपैयाँ १०० फेला परे पछि महिलालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएको छ ।

राैतहट प्रहरीकाअनुसार बरामद गरिएको नगदमा

नेपाली रुपैयाँ १००० दरका १८० थान गरि एक लाख अस्सी हजार, ५०० दरका १३३ थान गरि छयसठ्ठी हजार पाँच सय, १०० दरका ३७ थान गरि तीन हजार सात सय र भारतीय रुपैयाँ १०० दरको १ थान नोट यानी एक सय साठी रुपैया गरि कुल रुपैयाँ २ लाख ५० हजार ३ सय साठी नेपाली रुपैया रहेको जनाइएको छ ।

नियन्त्रणमा परेकी महिलालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा राखिएको छ ।

spot_img

लोकप्रिय