मंसिर २५ ।। जिल्ला प्रहरी कार्यालय रौतहटले विभिन्न ठाउँको अबैध मदिरा भट्टी नस्ट गर्दा पनि ईलाका प्रहरी कोपवाले अवैध मदिरा भठ्ठी उत्पादन नियन्त्रण गर्न सकेन ईलाका प्रहरी कोपवाको संरक्षणमा पश्चिमि ग्रामिण भेगका ईनरवारी , भेडियाही , राजपुर , लगायतका गाउँहरुमा ईलाका प्रहरी कोपवाको संरक्षणमा अवैध मदिरा भठ्ठी संचालन भइरहेको पाइएको छ । ईलाका प्रहरी कार्यालय कोपवाको सई लाई ८ हजार देखि १० हजार सम्म मासिक लिएर सहयोगले नै खुल्ला रुपमा मदिरा चुहाउने कार्य भइरहेको नाम नछापने सर्तमा एक स्थानीयले बताए । कोपवा प्रहरीले मोटो पैसा लिएर अवैध मदिरा उत्पादनको अनुमतीनै दिएको जस्तो खुलेयाम रुपमा मदिरा चुहाउने कार्य भइरहंदा पनि प्रहरीले मदिरा उत्पादनमा अवरोध नगर्नुले कोपवा प्रहरीकै संरक्षणमा अवैध मदिरा उत्पादन भइरहेको प्रस्ट रुपमा बुझ्न सकिन्छ ।
अवैध मदिरा भठ्ठी संचालन एवम उत्पादन गरे वापत निजहरुले स्थानीय प्रहरीलाई दर रेट तोकेर महिनावारी दिने गरेको स्रोतको दावी छ । अवैध मदिरा उत्पादन हुने उक्त भठ्ठीहरुबाट नेपाल र भारतका विभिन्न ठाउँहरुमा प्लास्टीकको झोला पाउच बनाएर विक्रि वितरणका लागी लैजाने गरेको स्रोतले जनाएको छ । भारतको बिहारमा मदिरा विक्रि वितरण तथा उत्पादनमा विहार राज्य सरकारले प्रतिबन्ध लगाएपछि नेपालसंग जोडीएको बिहारको सिमानाकाहरुमा यती खेर खुलेयाम रुपमा अवैध मदिरा उत्पादन तथा विक्रि वितरणले व्यापक्ता पाएको छ । प्रहरीका अवैध मदिरा नियन्त्रण अभियान ‘पानीका फोका’झैं हुने गरेको देखिएको छ । अवैध मदिरा उत्पादकको साम्राज्यसामु कोपवा प्रहरीको निरीह हुँदै आएको देखिएको छ । कोपवाको प्रहरीले बेला बेलामा घुस असुल्ने सेटिङ मिलाउन मदिरा उत्पादकलाई धम्काउने शैलीमा अवैध मदिरा नियन्त्रण अभियान चल्ने गरेको स्थानीयको भोगाइ छ । ‘सेटिङ’ मिलेपछि कोपवा प्रहरीको नियन्त्रण अभियान बन्द गर्ने र मदिरा उत्पादकले कारोबारलाई निरन्तरता दिने गरेका

