प्रधानसेनापति शर्माबाट जर्नेल अशाेकराज सिग्देल रथीमा बढुवा सिफारिस

पछिल्लाे समाचार

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले २०८० मंसिर १७  गते  नेपाली सेनाका वरिष्ठ उपरथी अशाेक राज सिग्देललाई  रिक्त रथी पदमा बढुवा सिफारिस गरेका छन् । प्रधानसेनापति प्रभुराम शर्माले रथी(तीन तारे जर्नेल)मा बढुका लागि सिफारिस गरेपछि अशाेक राज सिग्देल सामान्य अवस्थामा नियमित प्रक्रियाद्वारा नेपाली सेनाकाे ४५औं प्रधानसेनापति बन्ने निश्चित जस्तै भएकाे छ ।नेपाली सेनाकाे स्राेतका अनुसार, उपरथी अशोकराज सिग्देलकाे बारेमा कुनै कैफियत नरहेकाे र विराेधमा उजुरबाजुर पनि नपरेकाले  २०८० मंसिर १७ गते रिक्त रथी पदका लागि रक्षा मन्त्रालयमार्फत नेपाली सेनाले नेपाल सरकार समक्ष बढुवा सिफारिस गरेकाे हाे ।अशाेक राज सिग्देल २०८१ साउन २४ गते कायममुकायम प्रधानसेनापति बन्दै २०८० भदाै २४ गतेबाट औपचारिक रूपमा नेपाली सेनाकाे ४५औं प्रधानसेनापतिकाे कार्यभार सम्हाल्ने निश्चित जस्तै भएकाे छ ।

spot_img

लोकप्रिय