उच्च अदालत बिरगंजले ईशनाथ नगरपालिकाले गरेको शिक्षक सरुवा तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश

पछिल्लाे समाचार

उच्च अदालत बिरगंजले ईशनाथ नगरपालिकाले गरेको शिक्षक सरुवा तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

उच्च अदालत बिरगंजका कायममुकाम मुख्य न्यायाधीश शिव बहादुर कोईराला को इजलासले नगरपालिकाे निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएकाे हाे । ईशनाथ नगरपालिकाको शिक्षा ऐन २०७२ को दफा ४२ को नियम बमोजिम सरुवासम्बन्धी व्यवस्थाको सन्दर्भमा विपक्षी ईशनाथ नगरपालिकको शिक्षा समितिबाट २०८०/ ८ /१८ गते भएको निर्णय सुविधा सन्तुलनको दृष्टिले अहिले कार्यान्वयन नगरि यथास्थितिमा राख्न उपयुक्त देखिँदा प्रस्तुत रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म कार्यान्वयन नगर्न/नगराउन आदेश भएको छ’, आदेशमा भनिएकाे छ ।

यस मुद्दामा उच्च अदालतका न्यायाधीश शिव बहादुर कोईरालाको इजलासबाट १५ दिन भित्र कानुनी सल्लाह र आफै जवाफ सहितको सम्पुर्ण कागज पेस गर्ने आदेस भएका हुन।

ईशनाथ नगरपालिकाले २०८०/ ८/८ गते एक जना शिक्षकको सरुवा गरेपछि राज किशोर ठाकुरले मुद्दा दर्ता गराउनुभएको थियो ।

spot_img

लोकप्रिय